शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा ४३४ जनामा संक्रमण पुष्टि

२४ घण्टामा ४३४ जनामा संक्रमण पुष्टि

कारोना निको हुनेको संख्या २७ सय नजिक


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७७, बिहिबार

काठमाण्डौ, ११ असार– पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४३४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ३१२ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २९३ जना पुरुष र १९ जना महिला निको भएका हुन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ हजार ६५० पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->