शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७७, बुधबार

बागलुङ, १७ असार– गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २८ जना कोरोना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ती निकालेर थप २८ जनामा कोरानो संक्रमित भेटिएको जनाएको हो । आज नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना, कास्कीका एक जना स्याङ्जाका आठ जना, बाग्लुङका ३ जना र तनहुँका एक जना रहेको निर्देशनालयले जनाएको छ योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगको छ । बागलुङको बडिगाड गाउँपालिकाका दुई जना र काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->