शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ र पर्वतका ४ जनासहित गण्डकीमा ३२ संक्रमित थपिए

बागलुङ र पर्वतका ४ जनासहित गण्डकीमा ३२ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७७, शुक्रबार

बागलुङ, १९ असार– बागलुङ र पर्वतका चार जनासहित गण्डकी प्रदेशमा शुक्रबार बिहानै थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार, बागलुङका एक र पर्वतका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पुष्टि हुनेमा बागलुङको जैमिनी नगरपालिकाका २१ वर्षिय पुरुष रहेका छन् ।
यस्तै, पर्वतको विहादी, पैंयु गाउँपालिका र फलेवास नगरपालिकाका एक÷एक जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरु १८ वर्षदेखि ३४ वर्ष उमेर समूहका रहेका छन् ।
शुक्रबार थपिने नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना र तनहुँका ९ जना रहेका छन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छभने अहिलेसम्म २ सय ८७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->