शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा दुईजनाको मृत्यु, २३२ संक्रमित थपिए

२४ घण्टामा दुईजनाको मृत्यु, २३२ संक्रमित थपिए

आजसम्म ६ हजार ४ सय १५ जना संक्रमणमुक्त भएर घर फर्किए


  • ढोरपाटन संवाददाता
  • असार २० २०७७, शनिबार

काठमाण्डौ, २० असार– नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोरखाको पालुङटारका १ र रुपन्देहीका १ जनाको कारोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गोरखाको पालुङटार ७ का ४४ वर्षिय पुरुषको आज विहान उपचारका क्रममा मृत्यु भएको हो । असार १७ गते कतारबाट आएका उनी पालुङटारकै क्वारेन्टिनमा बसेका थिए । १८ गते स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा हिजो पोजेटिभ देखिएको थियो । उनी मधुमेहका दीर्घरोगी रहेको भएको र निमोनिया देखिएपछि गोरखा अस्पतालमा भर्ना गरिएको थियो । यस्तै रुपन्देही देबदहका ७५ वर्षका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । क्षयरोगका बिरामी उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको असार १८ गते मृत्यु भएको हो । असार १८ गते मात्रै कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा देशभर २३२ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा चार हजार ५० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शनिबार २३२ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको हो । हिजो शुक्रबार देशभर ७४० जना संक्रमित थपिएका थिए ।
शनिबार २ सय ७१ जनासँगै आजसम्म ६ हजार ४ सय १५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->