शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रगतिशिल पत्रकारद्वारा वालिङ मिडिया क्लब गठन

प्रगतिशिल पत्रकारद्वारा वालिङ मिडिया क्लब गठन


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७७, शुक्रबार

स्याङ्जा, २ साउन– वालिङमा रहेर पत्रकारिता गर्दै आएका प्रगतिशिल पत्रकारहरुले वालिङ मिडिया क्लब गठन गरेका छन् । वालिङमा रहेर विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका पत्रकार एवं सञ्चारकर्मीहरुले पेशागत सुरक्षा र हकहितका लागि मणी प्रसाद अर्यालको अध्यक्षतामा पाँच सदस्यीय वालिङ मिडिया क्लबको गठन गरेका हुन् । .
क्लबको उपाध्यक्षमा गोपाल जिटी, सचिवमा कला राना, कोषाध्यक्ष माधव गैह्रे र सदस्यमा ममता ज्ञवाली रहेका छन् भने सल्लाहकारमा हिमलाल पराजुली, मुक्ति प्रसाद न्यौपाने र सुशिल सुवेदी रहेको क्लबका अध्यक्ष मणी प्रसाद अर्यालले जानकारी दिए ।
जिल्लामा रहेर पत्रकारिता गर्दै आएका सचारकर्मीको सुखदुःखको साथी बन्ने गरी क्लबले कार्य सम्पादन गर्ने अध्यक्ष अर्यालको भनाई छ । अर्यालले भने, ‘पत्रकारितालाई व्यवसायिक रुपमा अगाडि बढाउन क्लबको तर्फबाट सक्दो सहयोग रहने छ, यस क्षेत्रलाई ब्यवस्थित गर्ने उद्देश्यले क्लब स्थापना गरेका हौ ।’ जिल्लाको पत्रकारितालाई थप सशक्त बनाउन क्लबले भूमिका खेल्ने अर्यालको भनाई छ । संस्था संचालन गर्न कोष स्थापना गर्ने र वार्षिक कार्ययोजना बनाएर अगाडी बढ्ने अर्यालले जानकारी दिए । .
यसैबीच, पत्रकारिता क्षेत्रको विकास र पत्रकारहरुको हक हितका लागि १ लाख रुपैयाँ वालिङ मिडिया क्लबलाई सहयोग गर्ने नेकपाका नेता तथा समाजसेवी कृष्ण खाँणले घोषणा गरेका छन् । सञ्चारकर्मी सुरक्षित नभएसम्म पत्रकारिता स्वच्छ बन्न नसक्ने बताउदै खाँणले मिडिया क्लबको लागि सहयोग गर्ने बताएका हुन् । यस्तै, नेकपाका नगर अध्यक्ष राजेन्द्र डुम्रेले क्लबलाई ५० हजार सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->