शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संक्रमित भन्दा निको हुने बढी, शुक्रबार थपिए १०१ जना

संक्रमित भन्दा निको हुने बढी, शुक्रबार थपिए १०१ जना

पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेर दैनिक ७० को संख्यामा आइसकेकोमा पुनः यो संख्या बढ्‍न थालेको हो


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७७, शुक्रबार

 

काठमाण्डौ, २ साउन– पछिल्लो २४ घण्टामा देशभर १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा चार हजार ६ सय ८८ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै घटेर दैनिक ७० को संख्यामा आइसकेकोमा पुनः यो संख्या बढ्‍न थालेको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार शुक्रबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय ८५ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ५३५ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->