अशान्त मनमा छालहरु
उर्लिन्छ ताल र तलाउ झैं
एकान्त र शुन्यतामा बिलाउँछु
तरङित हुन्छ मनका रङीन रङहरु ।
बोकी बिशाल भाव
कहिले छल्किन्छु छालसँग
कहिले वहकिन्छु चालसँग ।
लाग्दैछ
सुनसान सडकमा एक्लो म
भौतारीरहेको छु एक्लै
शान्त तालको दायाँबायाँ
साहराविहिन चरी झैं
मन बिच्किन्छ बेला बेलमा
त्रासपूर्ण लाग्छ जीवन
समाप्त भै जान्छ एकदिन
यस्तो र त्यस्तोको बीचमा
झुण्डिरहेको छ जीवन ।
अघि बढ्ने पाइलाहरु
छेक्ने छैनन पहाडले
जीवन जिउँने रहरहरु
थाक्ने छैनन कहिल्यै ।
पुरानो सिनामंगल–३२, धौलागिरी मार्ग
काठमाडौं, नेपाल
अक्षरा स्कुल कक्षा ८
साउन २ गते २०७७ साल





