स्याङ्जा, ४ साउन– चापाकोट नगरपालिका ३ कमेरेका ४५ वर्षीय कुल बहादुर सार्की मृत अवस्थामा फेला परेका छन् । शनिबार मृत अवस्थामा फेला परेका सार्कीलाई सोही ठाँउका दुई युवा १८ वर्षीय पूर्ण बहादुर खड्का र २१ वर्षीय अन्तिल ज्ञामीले शुक्रबार राती कुटपिट गरि चन्द्र बहादुर सोतीको खाली घरमा लगेर छाडेको र शनिबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीको टोलीले घटनामा संलग्न खड्का र ज्ञामीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।




