स्याङ्जा, ६ साउन– गल्याङ नगरपालिका वडा नं. ७ मा रहेको पेलाकोट साना किसान कृषि सहकारीले बाख्रापानको लागि किसानलाई अनुदान वितरण गरेको छ । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपलब्ध गराएको २० लाख रुपैयाँ खोर ब्यवस्थापनका साथै बाख्रापालनको लागि ६० जना किसानलाई वितरण गरेको हो ।
अनुदान वितरण कार्यक्रममा नगरप्रमुख भुपराज अधिकारीले किसानलाई ब्यावसायीक रुपमा बाख्रापालन कार्यमा लाग्न आग्रह गर्दै अब परम्परागत शैलीमा काम गरेर जीवस्तर उकास्न नसकिने बताए । वैदेशिक रोजगारीमा जाने परम्परालाई नरोकेसम्म आत्मनिर्भर बन्न नसकिने नगरप्रमुख अधिकारीको भनाई छ ।
पेलाकोट साना किसान कृषि सहकारीका अध्यक्ष धनमाया विश्कर्माले बाख्रापालनको लागि तीन दिने तालिम संञ्चालन गर्नुका साथै बाख्राको लागि आवश्यक पर्ने घाँका बिरुवा समेत उपलब्ध गराएर अनुदान वितरण गरिएको जानकारी दिइन् ।
सहकारीमा आवद्ध १३ सय ५० जना कृषकमध्ये तत्कालका लागि ६० जना किसानलाई मात्रै अनुदान बितरण गरिएको कार्यक्रम संयोजक कुमार रानाले बताए । एक जना किसानलाई दुई वटा बाख्राको लागि १५ हजार रुपैयाँ उपलब्ध गराइएको र ५० प्रतिशत अनुदानमा ६० वटा बाख्राको खोर निर्माण गरिएकोे सहकारीका सचिव मुक्तेश्वर रानाले बताए । सहकारीमा आवद्ध अहिले अनुदान प्राप्त नगरेका किसानलाई पछि बाख्रा पैचो कार्यक्रमअन्र्तगत बाख्रा वितरण गरिने सहकारीले जनाएको छ ।




