स्याङ्जा,७ साउन– गल्याङ नगरपालिका वडा नं. १० सिमलस्वारमा पहिरोले घर पुरिँदा ५२ वर्षीय माया सारुको छ । घरमाथिबाट खसेको पहिरोले घर पुर्दा माया सारुको मृत्यु भएको र मृतक सारुकी २० वर्षीय छोरी नारायणी सारु घाईते भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर घाईते भएकी नारायणी सारुलाई स्थानीयले उद्धार गरेको र अहिले उनको गह्रौ अस्पताल वालिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
राती खाना खाएर सुतेका आमाछोरीलाई बिहान पहिरोले पुरेको अवस्थामा देखेपछि घाईतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । घरदेखि करिब २५ मिटर माथिबाट आएको पहिरोले घर पुरेको हो । पहिरोले छिमेकी पदम सारु र जवन सारुको घरमा समेत क्षति पुगेको छ । बिहान साढे ३ बजे पहिरो खसेको स्थानीयले बासिन्दाले जनाएका छन् ।




