स्याङ्जा, ८ साउन– पुतलीबजार नगरपालिका वडा नं. २ बस्ने सुकबहादुर गुरुङले आफ्नै अण्डकोष काटेका छन् । मानसिक सन्तुलन ठिक नभएका ४५ वर्षीय सुकबहादुरले बुधबार साँझ घाँस काट्ने हसियाले आफ्नै अण्डकोष काटेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएका गुरुङलाई दुई वटै अण्डकोष काटेको अवस्थामा फेला पारेपछि जिल्ला अस्पताल स्याङ्जामा सामान्य उपचारपछि गण्डकी अस्पताल पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।




