काठमाण्डौ, ८ साउन– देशभर कोरोनाका १ सय ४७ नयाँ कोरोनाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हाल देशभर संक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ५८ रहेको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए । देशभर बिहिबार मात्र १ सय ५६ जना डिस्चार्ज भएका छन् । यो सगैँ कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ८ सय ४० पुगेको छ ।





