एक सुन्दर साँझमा सुन्दरतामा कुनै कमी नभएको न्यूनस्तरको एक सरकारी कारिन्दा इभान चेरभियाकोभ आफ्नो ओपेरा–चस्माले लेस क्लोचेस् डी कोर्नेभाइललाई हेर्दै अर्केस्ट्राको दोस्रो पंक्तिमा बसिरहेको थियो । त्यहाँ बस्दा उसले आफूलाई परमानन्दको सातौँ स्वर्गमा भएको अनुभुति ग¥यो । तर, अचानक (प्राय जो कोहीले पनि कथामा यो ‘अचानक’लाई पाउँछन्, लेखकहरु सही हुन्छन् – जिन्दगी अनुपेक्षित कुराहरुले भरिपूर्ण छ), उसको अनुहारमा चाउरी पर्न थाल्यो, उसका आँखाहरु यताउति घुम्न थाले, र उसले आफ्नो श्वास रोक्यो । उसले आफ्नो ओपेरा चस्मा फुकाल्यो, निहुरियो र हाछ्यू ! उसले छ्यु ग¥यो, जो तपाईंले देख्न सक्नुहुन्छ । हाछ्यु गर्न कसैलाई पनि कहीं कतै प्रतिबन्ध लगाइएको छैन । किसानहरुले हाछ्युँ गर्छन्, प्रहरी प्रधानहरुले हाछ्यु गर्छन्, कहिलेकाहिँ त निजी सचिवहरुले समेत हाछ्यु गर्छन् । हो, सबैजनाले हाछ्यु गर्छन् । चेरभियाकोभ कुनै बुद्धिमत्ताले पनि लज्जित भएको थिएन, उसले आफ्नो नाक आफ्नो रुमालले पुछ्यो र कतै मेरो हाछ्युले कसैलाई अवरोध त पु¥याएको छैन भन्ने निश्चित गर्न विनम्रतापूर्वक झट्ट आफ्नो वरिपरी हे¥यो । र, त्यसपछि उसले आफू बेकारमा डराएको रहेछु भन्ने महसुस ग¥यो । उसले देख्यो कि एउटा बुढो मान्छे जो प्रथम पंक्तिमा उसको अगाडि बसिरहेको थियो, आफ्नो तालु र घाँटीको पछाडिपट्टिको भागलाई पीडादायी तरिकाले उसको पन्जाले पुछिरहेको छ र केही फतफताइरहेको छ । यस्तैमा चेरभियाकोभले यी बूढा मान्छे राजमार्ग विभागका जर्नेल ब्रिजियालोभ रहेछन् भन्ने पहिचान ग¥यो ।
‘मैले उनीमाथि हाछ्यु गरेँ !’ चेरभियाकोभले सोच्यो । ‘उनी मेरो हाकिम त होइनन् तैपनि यो अशिस्ट कुरा भयो । मैले क्षमायाचना गर्नैपर्छ ।’
चेरभियाकोभले आफ्नो घाँटी सफा ग¥यो, आफूलाई अगाडितर्फ सा¥यो अनि जर्नेलको कानमा साउती मा¥यो, ‘म क्षमा चाहन्छु, सरकार, मैले मौसुफमाथि हाछ्यु गरेँ, मैले दुर्घटनावश !’
‘चिन्ता नगर, चिन्ता नगर’
‘स्वर्गको लागि मलाई क्षमा गरिबक्स्योस् । मैले मैले त्यसो गर्न खोजेको होइन’
‘ए, कृपया बस त ! अगाडि के भनिरहेको छ मलाई सुन्न देऊ ।’
चेरभियाकोभ असमन्जस्यताले व्याकुल भयो । उसले मूर्खतापूर्वक मुस्कुरायो र स्टेजतर्फ हेर्न थाल्यो । उसले त्यतातिर हे¥यो तर अब परमानन्दको अनुभूति गर्न छाड्यो । उसलाई चिन्ताले सताउन थाल्यो । अर्को मध्यान्तरमा ऊ ब्रिजियालोभतर्फ गयो, उनको छेवैमा हिड्यो र आफ्नो काँतरतालाई पराजित गर्दै बर्बरायो, ‘मैले सरकारमाथि हाछ्यु गरें । मलाई क्षमा गरिबक्स्योस् । देखिबक्स्योस्, मैले – त्यस्तो गर्न खोजेको…’
‘ह्या, यो त अत्ति भया े! मैले त्यसलाई अघि नै बिर्सिसकें, र तिमी त्यही यौटै कुरालाई दोहो¥याइरहेको छौ ।’ जर्नेलले आफ्नो तल्लो ओंठ घुमाउदै अधैर्यतापूर्वक भने ।
‘उनले भन्न त त्यसलाई बिर्सिसकें भनेर भने तर उनको आँखामा द्वेष छ’, जर्नेलतर्फ सन्देहपूर्वक हेर्दै चेरभियाकोभले मनमनै सोच्यो । ‘उनी बोल्दासमेत त बोल्दैनन् । मैले उनलाई व्याख्या गर्नैपर्छ कि मैले त्यसो गर्न खोजेको थिइनँ – हाछ्यु गर्नु त प्रकितिको नियम हो – नभए उनले सोच्नेछन् कि मैले उनलाई थुकें । उनले अहिले त्यस्तो सोचेको छैनन् भने पनि पछि त पक्कै सोच्नेछन् ।’
घर पुगेपछि चेरभियाकोभले आफ्नी श्रीमतीलाई आफ्नो अशिष्टताको बारेमा बतायो । उसलाई लाग्यो जे हुन गयो त्यसलाई उसकी श्रीमतीले निकै अविनीत तवरले बुझी । सुरुमा ऊ शतर्क मात्र भएकी थिई, जब उसले थाहापाई कि ब्रिजियालोभ उनीहरुको हाकिम होइनन् तब उसले आश्वस्त महसुस गरी ।
‘फेरि पनि तपाईंले गएर क्षमायाचना माग्नुपर्छ’, उसले भनी । ‘उनले यो सोच्न सक्छन् कि तिमीलाई समाजमा कसरी व्यवहार गर्ने भन्नेबारे थाहा छैन ।’
त्यो त्यति नै हो। मैले माफी मागी सकेको छु, तर उनले निकै उत्सुकतापूर्ण व्यवहार देखाए, उनले केही पनि अर्थराख्ने कुरा भनेनन् । फेरि, हुन त त्यो बेला वार्तालापको लागि कुनै उपयुक्त समय पनि त थिएन ।
भोलिपल्ट चेरभियाकोभले दाह्री खौरियो, कहिल्यै नलगाएको नयाँ पोशाक लगायो र ब्रिजियालोभलाई सबै कुराको स्पष्टीकरण दिन्छु भनेर निस्कियो । जर्नेलको वैठक कोठामा प्रवेश गर्दा उसका आखाँ त्यहाँ उपस्थित अनुनयकर्ताहरुको ठूलो भीडमा प¥यो । र तिनीहरुको बीचमा जर्नेल थिए, जसले आफ्नो स्वागत कार्यक्रम सुरु गरिरकेका थिए । आफ्ना धेरै अनुनयकर्ताहरुलाई सोधपुछ गरिसकेपछि उनले आफ्ना आँखा चेरभियाकोभतिर उठाए ।
‘सरकार, हजुरले सम्झीबक्सेको छ भने, हिजो ओपेरामा’, सानो कारिन्दाले सुरु भन्न ग¥यो, ‘मैले छ्यु गरें र दुर्घटनावश तपाईंलाई त्यसको छिटाहरु प¥यो । मलाई मा….।’
‘कस्तो वकवास ! तँलाईं सडेको ! मैले तेरो लागि के गर्न प¥यो ?’
‘उनी मसंग बोल्दैनन्’, निलो हुँदै चेरभियाकोभले सोच्यो । ‘उनी रिसाएका छन् । मैले उनलाई स्पष्टीकरण दिनुपर्छ ।’
जब जर्नेल अन्तिम अनुनयकर्तासँग आफ्नो वार्तालाप सकेर भित्रिकक्षमा जान लागेका थिए, चेरभियाकोभ उनीसामू लम्कियो र बर्बरायो,‘सरकार, यदि मैले हजुरसमक्ष विन्ती चढाउन सक्छु भने, म यहाँलाई पश्चतापको भावनाले आश्वास्त पार्न चाहन्छु । मैले जानीजानी त्यस्तो गरेको होइन । सरकारले बुझिदिबक्स्यो कि..’
जर्नेलले उदास अनुहार बनायो र आफ्नो हात हल्लायो ।
‘तिमी मसँग केवल जिस्किँदै छौँ !’ ढोकाभित्र हराउँदै उनले भने ।
‘उनले भने कि म जिस्किरहेको छु’, चेरभियाकोभले सोच्यो । ‘तर यसमा त जिस्किनुपर्ने केही पनि कुरा थिएन । उनी जर्नेल हुन् र उनले त्यो देख्न सक्दैनन् तर त्यस्तो अवस्था नरहेकोले, म ती गैरजिम्मेवार व्यक्तिसंग पुनश्च क्षमायाचना गर्ने छैन । बरु म उनलाई एउटा चिठी लेख्छु, तर अब म यहाँ फेरि आउनेछैन । म फेरी आएँ भने त म झुण्ड्याइने छु ।’
घरतिर फर्किदै गर्दा चेरभियाकोभले यस्तै कुराहरु सोच्यो । उसले जर्नेललाई त्यो चिठी लेखेन । उसले सोचेको सोच्यै ग¥यो र जीउज्यान लगाएर जति सोच्दा पनि उसले पटक्कै केही पनि लेख्न सकेन । भोलिपल्ट ऊ आफै जानुपर्नेभयो र सबै कुराको बेलिबिस्तार लगाउनेपर्ने भयो ।
‘मैले सरकारलाई दुख दिन हिजो आएको थिएँ’, जर्नेलले उसलाई प्रश्नवाचक तवरले हेरिरहँदा उसले गुनागुनायो । ‘सरकारको जिकिर सही थियो तर म जिस्किने मनशायले भने आएको थिइनँ । मैले किन त्यस्तो हिम्मत गर्थें र ? जिस्किनु भनेको त मौसुफमाथि सम्मान नदेखाउनु भन्ने हुन्छ – त्यो त…’
‘बाहिर निस्की !’ अचानक चिच्याउँदै जर्नेल गर्जिए ।
‘हजुर, के ? त्रासले अचेतजस्तो भएको चेरभियाकोभले सुस्केरा हाल्यो ।
‘बाहिर निस्की’ खुट्टा बजार्दै जर्नेलले दोहो¥याए ।
चेरभियाकोभको छातीमा केही कुरा जोडले फुटेको जस्तो भयो । केही कुरा पनि देख्न वा सुन्न नसक्ने भई ऊ ढोकामा ठोक्किदै त्यहाँबाट बल्लतल्ल घिस्रिदै बाहिर निस्क्यो । यन्त्रवतरुपमा घर पुगेपछि, ऊ आफ्नो पोशाक नखोलिकनै सोफामा पसारियो – र म¥यो ।
आंतोन चेखव (१९८०–१९०४) एक चर्चित रुसी नाट्यकार तथा कथाकार थिए । जसलाई इतिहासकै सबै भन्दा महान् कथाकार मानिन्छ । यो मुल कथा ’द डेथ अफ एन अफिसियल’ को नेपाली अनुवाद हो ।





