काठमाडौं, १० साउन आज शनिबार देशभर १ सय ९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन् । देशभरका विभिन्न प्रयोगशालामा चार हजार ७५ नमुना परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए ।





