शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका एकसहित गण्डकीमा थप ५ जनामा संक्रमण पुष्टि

बागलुङका एकसहित गण्डकीमा थप ५ जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७७, बुधबार

बागलुङ, १४ साउन – गण्डकी प्रदेशमा बुधबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप चार जिल्लाका पाँच जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ । संक्रमण पुष्टि हुनेमा बागलुङको काठेखोला गाउँपालिकाका २३ बर्षिया पुरुष, स्याङ्जाको पुतलीबजार नगरपालिकाका ३५ बर्षिया पुरुष, तनहुँको भिमाद नगरपालिकाका ३७ बर्षिया पुरुष र म्याग्दीको मालिका गाउँपालिकाका ३४ बर्षियापुरुष तथा अन्नपूर्ण गाउँपालिकाका ३५ बर्षिया पुरुष रहेका छन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->