काठमाण्डौ, १५ साउन– नेपालमा बिहिबार २ सय ७४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सगैँ देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण भएको छ । यस्तै, बुधबार २ सय २७ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन् ।





