शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोभिडबाट एकदिन चारको मृत्यु, मृतक संख्या ५६ पुग्यो

कोभिडबाट एकदिन चारको मृत्यु, मृतक संख्या ५६ पुग्यो


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०७७, शुक्रबार

काठमाडौं, १६ साउन– नेपालमा कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एक जनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिकाका ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यस्तै, वीरगञ्ज महानगरपालिकाका ३५ वर्षका पुरुष, ६५ वर्षीय पुरुष र वीरगञ्ज स्थायी घर भई ललितपुरको थसिखेल बस्ने महिलाको उपचारका क्रममा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->