शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा संक्रमित संख्या २० हजार नाघ्यो

नेपालमा संक्रमित संख्या २० हजार नाघ्यो

शनिबार थपिए ३ सय १५ जना संक्रमित


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०७७, शनिबार

काठमाडौं, १७ साउन– नेपालमा शनिबार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन् । गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ । यस्तै, शनिबार ९३ डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार ५ सय ९२ जना निको भएका छन् । गौतमका अनुसार प्रदेश नम्बर १ मा २ सय २५, प्रदेश नम्बर २ मा २ हजार ६६, बागमती प्रदेशमा ५ सय ७५ र गण्डकी प्रदेशमा ३ सय १३ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८७, कर्णाली प्रदेशमा २ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७५ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । प्रदेशअनुसार डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ बाट ८ सय ५६, प्रदेश नम्बर २ बाट ३ हजार १ सय ४९, बागमती प्रदेशबाट ५ सय ३२ र गण्डकी प्रदेशबाट १ हजार २ सय ५६ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ बाट ३ हजार ९ सय ७१, कर्णाली प्रदेशबाट १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशबाट ३ हजार १० जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभरिका क्वारेन्टिनमा ११ हजार ५ सय ३३ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५४, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७३, बागमती प्रदेशमा ८ सय ५२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ५३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ३६, कर्णाली प्रदेशमा ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय २२ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->