काठमाडौं, १९ साउन – पछिल्लो २४ घण्टामा नेपालमा ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।





