काठमाण्डौ, २१ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ३ सय ९० जना संक्रमित पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन् । त्यस्तै, गत २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भएका छन् । यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ ।





