काठमाडौं, २४ साउन– पछिल्लो २४ घण्टामा देशभर ४ सय ९९ जनाले कोरोना जीतेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । शनिवार मात्रै देशभर ३ सय ७८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ६२ संक्रमित थपिएका छन् ।





