शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देशभर थपिए ३ सय ८० संक्रमित

देशभर थपिए ३ सय ८० संक्रमित

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०७७, आइतबार

काठमाण्डौ, २५ साउन– पछिल्लो २४ घण्टामा देशभर आइतबार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङ मार्फत उक्त कुरा जानकारी गराएका हुन् । उनका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->