निस्तब्ध छन् मेरा गन्तव्यहरु, म नदी सरी बगिरहेको छु एकतमासले अबिरल । कहाँ पुगेर मेरो अन्त्य हुन्छ केवल सफलता पाउने आशमा । मेरा पदचापहरु एकाएक दौडिरहेका छन् । समयसँगको द्वन्द्व अनि समयकै लाम्टाहरु चुस्दै आज म दुधे बालकजस्तो भएको छु भावविहीन, चेतनाविहीन, रसविहीन । त्यसै–त्यसै आँखाहरुमा आँशुका धाराहरु बग्दछन् । असफलताका, असन्तुष्टीका अनि रिस र आवेगहरुका । थाहा छैन म कुन कालखण्डको मान्छे थिए । अहिले कुन कालखण्डमा छु ? सारा दुनियाँ स्वार्थी छन् । स्वार्थीहरुको भीडसँगै बग्दैछु एक्लो भैसकेको छु । भावनाहरुसँग नजिकिन खोज्छु, व्यक्त गर्न सक्दिन ती भावनाहरु आत्मियतामा गाँसिन चाहन्छु, वेदनाको भुमरीमा परी बेचैन बनेको छु यतिबेला । यी निमुखा ओठहरुमा हाँसोका विम्बहरु उतार्न खोज्छु अहं त्यो पनि म बाट असमर्थ छ । सबै व्यर्थ छन् पीडाहरुसँग दीर्घ सम्झौता गरिसकेको छु जस्तै लाग्छ अचेल । केवल बाँच्न र खानको लागि संघर्ष गर्नुपर्दोरहेछ । उफ !! फेरी पनि सबै कुरा निरर्थक मात्र लाग्छन्…
मलाई केही गर्न आएन त म के गरु ! अस्थिर रहेको मनले कसैको दोभाष पहिल्याउन सकिन ! कस्तो जिन्दगी हो– यो जसको आभास बुझ्न नसक्नु बुझी नसक्नु छ । म भावनामा बहकिन्छु जसको गन्तव्य नै भेट्दिन संसार चहार्दा पनि । म सोच्न पनि के सोचिरहन्छु, आफ्नै सस्मरणमा पनी मेटिन सकिन । सुख खुसी खै के हो त्यो पनि अनबिज्ञ छु ।
आज म मन थाम्न सकेको छैन, भतभती पोलीरहेको छ, भावनाका छालहरुलाई रोक्न पनि सकिने रहेनछ । मनको व्यथा कसैसँग पोखु भने पनि समाजको डर लाग्छ । सक्छौ भने मलाई माफ गर, अब तिम्रो सम्झनाको अंगालोमा बस्ने दिन नचाँहेर पनि गएजस्तो छ ।
म स्वयं को हुँ भनी मनसंग प्रश्न राख्ने गर्छु, उत्तर भेट्दिन । थाहा छैन, म किन र के का लागि भनी अनि किन हासे र रोए ’। त्यो पनी । यो बेमेल लेखाइसंगै तरंगित हुदै गैरहेछु । धेरै ले सिकाउनु भए जस्तो लाग्छ, निकै चासो लिए जस्तो पनि लाग्छ, तर अझै अघाए जस्तो लाग्दैन, जिन्दगीदेखि ।
शुन्य–शुन्य लाग्छ जीवनका पानाहरु । निरासै निरासाको संसारमा हराए जस्तो लाग्छ, अचेल हरेक पल, हरेक दिनरातहरु । रंगिन सपना देख्न छोडेको छु । अब ती सपनामा बाँच्न पनि गाह्रो भइसकेको छ । मन छैन र पनि अगाडि बढ्न खोज्दैछु । गल्ली–गल्ली यो बैसालु शरीर ढुक्ने फिरौतेहरुको मुख बन्द गर्न नसक्ने भइसकेको छु । हिजै जस्तो लाग्छ हात समाउँदै बजार–बजार डुलेको, एक अर्काको आँखामा हेर्दै घण्टौ टोलाई बसेको, मायाले बेस्सरी अंगालोमा कसेको, पाँखा–पखेरा नै सुगन्धित हुने गरी चुम्बनको वर्षा गराएको । त्यो पवित्र नाता, त्यो पवित्र सम्बन्धको कसम खाँदै जीवनभर सधै एक अर्कालाई साथ दिने निर्णय गरेको । आज जिन्दगीले नयाँ दोसाधमा ल्याएको छ, सायद म सधै तिम्रो मायाको ऋणी हुने भए, यो शरीरलाई आज प्रेमरुपी काँडाले चसक्क चसक्क घोचेका छन्, अब तिम्रो मायालाई मारेजस्तो गरी नौलो गोरेटोमा यात्रा बढाउन खोज्दैछु । अब अति भयो हेर, म थाकीसके तिम्रो यादमा अनि आफुलाई समेत थेग्न नसक्ने भए । यदि आत्मा जीवित भइराख्ने रहेछ भने मेरो मनोदशालाई हेरेर तिमीले मलाई माफ दिनेछौं । मेरो व्यथा बुझेको को नै छ र । आज म मन थाम्न सकेको छैन, भतभती पोलीरहेको छ, भावनाका छालहरुलाई रोक्न पनि सकिने रहेनछ । मनको व्यथा कसैसँग पोखु भने पनि समाजको डर लाग्छ । सक्छौ भने मलाई माफ गर, अब तिम्रो सम्झनाको अंगालोमा बस्ने दिन नचाँहेर पनि गएजस्तो छ । तिम्रो र मेरो मायाको अन्त्य त मेरो समाप्तीसँगै होला । र पनि, यदि मैले तिम्रो मायामा धोका गरेको जस्तो लाग्छ भने, दिनमा सूर्यको राफ बनि पोली दिनु, अनि रातको अधेरीमा सधै प्याउली बनेर सुगन्ध छर्की रहनु । मैले बिरक्तिएर निरासामा दिन र रोएर रात काटेको धेरै भयो तसर्थ यहाँभन्दा बेशी केही बोल्दिन । जदौ ।
जैमिनी १० बागलुङ




