
स्याङ्जा, २३ भदौ- कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेका बेला स्कुल अफ डेम्रोक्रेसी स्याङ्जाले वालिङ नगरपालिकालाई सेनीटाइजर स्ट्याण्ड मेशिन हस्तान्तरण गरेको छ ।
खुट्टाको सहायताले मेशिन चलाएर सेनीटाइजर लगाउन मिल्ने मेशिन स्कुल अफ डेम्रोक्रेसी स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठले वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएको मेशिन कार्यालयको मूल ढोकामा राखिएकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राही वा कर्मचारीहरुले प्रयोग गर्न सक्ने छन् ।
स्कूल अफ डेमोक्रेसी स्याङ्जाले कोभिड १९ को विश्वब्यापी जोखिमका समयमा खुट्टाको सहायताले खोलिने मेशिनको प्रयोगले हातले खोल्नु नपर्ने भएकाले संक्रमण फैलिने जोखिम पनि कम हुने नगर प्रमुख खाँणले बताए ।
डेमोक्रेसीले जिल्लाका सबै स्थानीय तहहरुमा यो मेशिन उपलब्ध गराउने जनाएको छ ।




