आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तनहुँ र गोरखामा थपिए २० सङ्क्रमित

तनहुँ र गोरखामा थपिए २० सङ्क्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७७, सोमबार

पोखरा, २९ भदौ– स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार दोस्रो विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्ला तनहुँ र गोरखाका थप २० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिएको छ । योसँगै प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या ३ हजार ११ पुगेको छ । थपिएकाहरूमा तनहुँको ऋषिङ गाउँपालिकाको वडा नं. ५ का २२, २८ र १९ वर्षका पुरुष, वडा नं. ६ की २० वर्षीया महिला, वडा नं. ८ का ५१ वर्षीय पुरुष, वडा नं. २ का १८, ५२, २० र २६ वर्ष उमेरका पुरुष, वडा नं. ३ की ३८ वर्षीया महिला र वडा नं. ४ का २० वर्षीय पुरुष रहेका छन् । यस्तै गोरखाको गोरखा नगरपालिका १३ का २९ वर्षीय महिला र ५२ वर्षीय पुरुष तथा पालुङटार नगरपालिका १ का १४, १३, १९, २५ र १३ वर्ष उमेरका पुरुष तथा १५ वर्षीया महिलामा पनि सङ्क्रमणको पुष्टि भएको छ । पालुङटारकै वडा नं. ६ का ५५ वर्षीय पुरुषमा पनि सङ्क्रमण रहेको पाइएको छ । उनीहरू सबैमा कन्ट्र्याक्ट ट्रेसिङ गर्ने क्रममा सङ्क्रमण रहेको पुष्टि भएको हो । यसअघि सोमबार बिहानै निर्देशनालयले जारी गरेको पहिलो विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकाका १७ जना र बागलुङको बडिगाड गाउँपालिकाका २ जना गरी १९ जनामा सङ्क्रमणको पुष्टि गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->