शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७७, बुधबार

स्याङ्जा, ७ असोज– वालिङ नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा भएका कार्यहरुको समीक्षा गरेको छ । नगरपालिकाले पालिकाअन्तर्गत भएका स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समीक्षा गरेको हो ।
समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपप्रताप खाँणले स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या तथा चुनौतीलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा बताए । खाँणले महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले अग्रपंक्तिमा रहेर दिएको सेवाको प्रशंसा गरे ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले स्वास्थ्यकर्मीको निरन्तरको खटाईले मात्रै महामारीको सामना गर्न सकिएको बताइन् । स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले समीक्षाबाट प्राप्त सुझावलाई ग्रहण गर्दै आगामी कार्यक्रमहरुमा कार्यान्वयन गर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->