मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

खरिद सम्झौता ढीला हुँदा ताराखोलामा बिजुली खेर

खरिद सम्झौता ढीला हुँदा ताराखोलामा बिजुली खेर

ताराखोलाबाट सबैभन्दा नजिकको हरिचौरमा रहेको सवस्टेशनसम्म प्रसारण लाइन निर्माण गर्नुपर्नेछ ।


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७७, आइतबार

बागलुङ, ११ असोज– बागलुङको ताराखोलामा उत्पादन भएको बिजुली भने खेर गैरहेको छ । नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता ढिला भएर उत्पादन भएको बिजुली उपयोगविहिन भएको हो । कोरोनाको संक्रमण बढिरहेकोले सर्भे र लागत स्टिमेट निर्माण ढिलाई हु“दा पिपिए रोकिएको हो ।
ताराखोलाका स्थानीय बासिन्दाले चन्दा संकलन गरेर बनाएको ताराखोला सामुदायिक विद्युत परियोजनामा हाल ४ सय किलोवाट विद्युत उत्पादन भैरहेको छ । विद्युत खेर जाने क्रमसँगै पिपिए रोकिंदा शेयर रकमको ऋण तिर्न पनि नसकेको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर बिकले बताए । ‘घर घरबाट ऋण खोजेर शेयरमा लगानी भएको छ, तर उपभोक्ताहरुले लगानीको मुनाफा पाउन सकेनन्, ऋण तिर्न पनि सकेका छैनन्’ उनले भने, ‘कोरोना कहरका कारण उपभोक्ता मारमा परे ।’ ताराखोलाका १ हजार ६ सय घरधुरीले यो विद्युतमा लगानी गरेका छन् ।
गत वर्षको असारदेखि यहा“ बिजुली उत्पादन भएको थियो । ताराखोला गाउ“पालिकालाई उज्यालो पालिका बनाउन पनि पहल भएको हो । बिजुली बाल्न पाएपनि उद्योग नभएकोले सबै उपयोग नभएको हो । ‘गाउ“मा उद्योगधन्दाको विकास भएमा विद्युत खपत हुन्थ्यो, बिजुली बालेर मात्र उपयोग नभएको हो’ बिकले भने, ‘प्रसारण लाइनका लागि पहल भैरहेपनि लकडाउनले प्राविधिक झिकाउन सकिएन ।’
पिपिएका लागि लागत स्टिमेट र सर्भेक्षण आयोजनाले गराउने उल्लेख छ । गत चैतमा प्राविधिक आएर सर्भेक्षण गरेको भए अहिले पिपिए भैसक्थ्यो । पिपिए भएपछि उत्पादित बिजुलीको मूल्य स्थानीयले पाउने छन् । कोरोना कहरकै कारण स्थानीयले नेपाल विद्युत प्राधिकरणलाई राजश्वस्वरुप पैसा जम्मा गरिदिन पनि नपाएको गुनासो गरे । लामो समयसम्म लकडाउन र फेरी निशेधाज्ञालगायतको समस्याले बैंकसमेत खुला छैनन् । सर्भेक्षण र लागत स्टिमेट बुझाएपछि प्राधिकरणले प्रसारण लाईन बनाइदिने प्रारम्भिक सम्झौतापछि आयोजनाको काम भएको थियो ।
ताराखोलाबाट सबैभन्दा नजिकको हरिचौरमा रहेको सवस्टेशनसम्म प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । कोरोना कहर समाप्त हुने र त्यसपछि मात्र काम गर्ने हो भने स्थानीयले अझै एक वर्षभन्दा बढी समय नोक्सानी व्यहोर्नुपर्ने गाउ“पालिका अध्यक्ष प्रकाश घर्तीले बताए । घर्ती र बिकसहितको टोलीले उर्जा मन्त्री र प्राधिकरणका पदाधिकारीलाई पटक–पटक भेटेर प्रसारण लाइनका लागि पहल गरिदिन आग्रह पनि गरेका छन् ।
‘प्राधिकरणले चाहेको खण्डमा पुरानो सम्झौताकै आधारमा पनि काम थाल्न सक्छ, लागत निकाल्ने अनुभव पनि उनीहरुका प्राविधिकमा छ’ घर्तीले भने, ‘ठेकेदार वा ठूलो लगानीकर्ता नभई गाउ“ले मिलेर गरेको लगानीप्रति प्राधिकरणले चासो नराखेको पाइयो ।’
प्राधिकरणका बागलुङ वितरण केन्द्रका प्रमुख शिवनाराण गोशालीले केन्द्रीय तहको आदेश आएमा स्थानीय तहमा साथ दिन तयार भएको बताए । प्रसारण लाईनका लागि केन्द्रीय र प्रदेश तहको कार्यालयको स्विकृति आवस्यक पर्ने उनले बताए ।
स्थानीयको ६ करोड, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ९ करोड २७ लाख र ५ करोड ५० लाख ऋणसहित १९ करोड ५० लाखमा विद्युत उत्पादन गरिएको हो । उपभोक्ताले १ हजार ३ सय २५ वटा सिंगल फेज र ५० वटा थ्रि फेजका प्रिपेड स्मार्ट मिटरबक्समार्फत विद्युत उपयोग गरिरहेका छन् । खेर गएको विद्युतबाट राम्रो उद्योग संचालन गर्न सकिने केन्द्रका आयोजना प्रतिनिधि कृष्ण गौतमले बताए ।
राष्ट्रिय प्रसारण अभावमा स्थानीयले बिजुली बाल्नका लागि व्यक्तिगत लगानी गर्न बाध्य भएको स्थानीय नरेश केसीले बताए । यहा“का उपभोक्ताले ढुंगाखानी, चिस्यान केन्द्र, साना तथा घरेलु उद्योग संचालन गरेका छन् । गाउ“पालिकाले संचालन गर्ने औद्योगिक ग्रामका लागि पनि यो विद्युत उपयोग हुने घर्तीले बताए । प्रसारण लाइन अभावमा बढी चाहिंदा थप्ने र उपयोग नभए बेच्ने अवस्था हु“दैन । आयोजनाको पूर्वाधार निर्माणका लागि भने सूर्य हाइहेक संयुक्त निर्माण सेवाले काम गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->