शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विरुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा

विरुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७७, शुक्रबार

स्याङ्जा, १६ असोज– बिरुवा गाउँपालिका वडा नम्बर २ मा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका स्थित अर्थले भञ्ज्याङमा बिहीबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् । यो स्वास्थ्य केन्द्रको सञ्चालनसँगै वडानम्बर २ का बासिन्दाहरुको उपचारको लागि गाउँपालिकाको केन्द्र बिरुवा बजार वा जिल्ला सदरमुकाम स्याङ्जा जानुपर्ने बाध्यता हटेको छ ।
नेपाल सरकारको संघीय अनुदानमार्फत् गत सालदेखि नै वडा नम्बर ७ र वडा नम्बर २ मा सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माणको चरणमा रहेका थिए । गाउँपालिकाले ती भवनहरूको निर्माण सम्पन्न नहुँदै भाडाका घरमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->