नवलपुर, २६ असोज– कालीगण्डकी नदिमा नुहाउने क्रममा कालीगण्डकी करिडोर आयोजनामा काम गर्ने एक मजदुर बेपत्ता भएका छन् । नवलपुरतर्फ बुलिङटार गाउँपालिका वडा नं. १ स्थित कालीगण्डकीमा नुहाउने क्रममा सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं. ४ घर भई हाल कालिगण्डकी कोरिडोरमा काम गर्ने २२ बर्षका छत्रबहादुर शाही नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सोमबार दिउँसो साढे १ बजेतिर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी र स्थानीयले खोजतलासलाई निरन्तरता दिएपनि अहिलेसम्म फेला पार्न नसकिएको डिएसपी मोहनबहादुर खाँणले जानकारी दिएका छन् ।





