बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कावासोतीबाट लागुऔषधसहित युवक पक्राउ

कावासोतीबाट लागुऔषधसहित युवक पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७७, मंगलबार

नवलपुर, २७ असोज– राजमार्गमा भएको नियमित चेकजाँचका क्रममा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । कावासोतीबाट पक्राउ परेका ती युवक बर्दघाटका भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कावासोती–१६ चालिसकिलोमा प्रहरीले चेकजाँच गर्दा बर्दघाट नगरपालिका वडा नं. ४ का २४ वर्षका राजिन विकको साथमा लागुऔषध भेटिएको हो ।
लु १ ख ८०७१ नं. को बसमा सवार बिकको साथबाट प्रहरीले डाईजापाम, आइपीपीएल र फेनेरागन २०–२० एम्पुल गरी ६० एम्पुल, ओनरेक्स १०० एमएलको सिरप ३२ बोतल र नाईट्राभेट १० नामकोे ३० ट्याबलेट लागुऔषध बरामद गरेको जनाईएको छ । प्रहरीले लागु औषधअन्र्तगत रहेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->