बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा पिसीआर मेसिन

नवलपुरमा पिसीआर मेसिन


  • खगेन्द्र पराजुली
  • कार्तिक १ २०७७, शनिबार

नवलपुर, १ कात्तिक– गण्डकी प्रदेशको नवलपुरमा प्रदेश राजधानीपछि नवलपुरलाई नेपाल सरकारको पहलमा पिसीआर मेसिन उपलब्ध भएको छ ।
स्वाव परीक्षणका लागि प्रदेशको पोखराबाहेक कहिले बाग्मती प्रदेशको चितवन, हेटौंडा र केन्द्रिय प्रयोगशाला काठमाण्डौ तथा लुम्बिनी प्रदेशको बुटवलमा समेत स्वाव पठाउनुपरेको बाध्यता झेलिरहेको नवलपुरले पिसीआर परिक्षण गर्ने मेसिन प्राप्त गरेको हो ।
संघीय सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको मेसिन ३५ लाख मुल्य बरावरको भएकोमा थप उपकरण र भिटीएम किटसहित नवलपुर जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको संघीय सांसद तिलक महतले बताएका छन् ।
सांसद महतले संघले मेसिनसहितका सामग्रीहरु उपलब्ध गराएकाले अब यसलाई छिटो–छरितो सञ्चालन गरी सहज सेवा प्रवाह गर्न भौतिक र प्राबिधिक रुपमा सहयोग गर्न प्रदेश र स्थानीय सरकारका साथै अस्पताल व्यवस्थापन समितिलाई आग्रह गरेका छन् ।
‘स्वाव परीक्षण भई रिपोर्ट आउन सुस्तता भएको गुनासोसँगै आवश्यक महशुस भएर नै जिल्लामा पिसीआर परीक्षण मेसिन केन्द्रले उपलब्ध गराएको छ, अब यसको सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारका साथै अस्पतालले पनि पहल गरोस्’ उनले भने ।
मध्यबिन्दु अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनालले पिसीआर मेसिन प्राप्त भएपछि अस्पतालको जिम्मेवारी समेत बढेकाले अब यसलाई सञ्चालन गर्न सबैको सहयोग अपरिहार्य भएको बताउँदै मेसिन राख्नका लागि आवश्यक भौतिक पूर्वाधार कोठा निर्माणमा कन्ट्रक्सनको काम भैरहेकाले अविलम्व सुचारु गरिने बताए ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले कोरोना संक्रमणको वृद्धिदर नवलपुरमा पछिल्लो २ महिनामा समुदायमा फैलिएपछि अत्यन्त उच्च रहेको र मृत्युदर समेत बढ्न गएकाले सबैले सचेतता अपनाउनुपर्नेमा जोड दिए ।
जिल्ला अस्ताललाई हस्तान्तरण गरिएको पिसीआर मेसिनले प्रति ३ घण्टामा ९५ देखी १ सय स्वाव परीक्षण गर्न सकिने क्षमताको भएकाले नवलपुरका स्वाव परीक्षणका लागि अन्यत्र पठाउन नपर्ने दाबी गरिएको छ । पिसीआर मेसिन संघीय सांसद तिलक महतले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल खनाललाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->