स्याङ्जा, ५ कात्तिक– चापाकोट नगरपालिका वडा नं. १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको काठ प्रहरीले बरामद गरेको छ ।
सालको काठ जंगलमा लुकाएर राखेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चापाकोटबाट गएको प्रहरी टोलीले बाटोमुनि स्याउलाले ढाकेर राखेको अवस्थामा ३ सय ६ क्युफिट बराबरको २ सय १८ थान सालको काठ फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
स्थानीय बासिन्दा, जनप्रतिनिधी र प्रहरीको रोहबरमा मुचुल्का तयार पारी आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालय स्याङ्जामा बुझाएको र बेबारिसे अवस्थामा भेटिएको सो काठ कस्को हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।




