आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पछिल्लो २४ घण्टामा १७ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १७ संक्रमितको मृत्यु

देशभर कोरोना संक्रमणबाट मर्ने एक हजार ८७


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०७७, शनिबार
फाईल तस्विर

काठमाण्डौ, २२ कात्तिक– पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या एक हजार ८७ पुगेको छ ।पछिल्लो पटक शनिबार देशभर थप २७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २२ सय ६ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ५५ हजार ११४ छ ।
त्यस्तै, मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार ४२३ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १५ लाख २७ हजार ७६६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->