आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पछिल्लो २४ घण्टामा गण्डकीमा थपिए १ सय ९१ जना संक्रमित

पछिल्लो २४ घण्टामा गण्डकीमा थपिए १ सय ९१ जना संक्रमित


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०७७, शनिबार

बागलुङ, २२ कात्तिक– पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारीगरेका फरक फरक बिज्ञप्ती अनुसार सात जिल्लाका संक्रमित पहिचान भएको उल्लेख छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । कास्कीका १ सय २५, गोरखाका ३०, लमजुङका १०, बागलुङका ८, स्याङ्जाका ३ र पर्वतका २ जनामा पोजेटिभ देखिएको हो । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ८९ सय ३० पुगेको छ । तीमध्ये ४८ सय ३५ जना निको भएका छन् । गण्डकीमा हालुम्म संक्रमितमध्ये १ सय जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वत र लमजुङका १ १ जना छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->