बागलुङ, २२ कात्तिक– गण्डकी प्रदेशमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा र चितवनका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । लायफ केयर एण्ड डाईनोस्टिक प्रा.लि पोखरामा गरिएको परीक्षणमा गलकोट नगरपालिका–७ की २३ बर्षिय महिला, पुतली बजार नगरपालिका स्याङ्जाकी ७३ बर्षिया महिला र पोखरा महानगरपालिकाका बिभिन्न वडाका २९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका २१ जना र तनहुँको म्याग्दे गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखराका २१ जना, गोरखाका १ जना र तनहुँका १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बिपि कोईराला कयान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा स्याङ्जाका, तनहुँ र बागलुङका १/१ जना र नवलपुरका १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बागलुङमा संक्रमितको संख्या ७२० पुग्यो
बागलुङमा संक्रमितको संख्या ७ सय २० पुगेको छ । पछिल्लो पटक थपिएका दुईजना सहित जिल्लामा संक्रमितको संख्या ७ सय २० पुगेको हो । संक्रमित मध्ये ६ सय २ जना डिस्चार्ज भएका छन् । ८ जनाको मृत्यु भएको थियो भने बाँकि सकृय संक्रमितको बिभिन्न आईसोलेसनमा उपचार भैरहेको छ ।





