शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा थप ५०२ जनामा कोरोना, २ हजार ८७८ जना संक्रमणमुक्त

२४ घण्टामा थप ५०२ जनामा कोरोना, २ हजार ८७८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ३ हजार ११२ पीसीआर परीक्षण


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७७, मंगलबार

काठमाण्डौ, २ मंसिर– पछिल्लो २४ घण्टामा मंगलबार थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार ८७८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ७९ हजार २४२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ९८६ छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३ रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख १७ हजार २३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ३ हजार ११२ पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->