
पर्वत, ३ मंसिर– कास्कीको पोखरामा कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षीय पुरुष रहेका छन् । कात्तिक २५ गते कोरोना सङ्क्रमणको पुष्टि भएका ती पुरुषको उपचारको क्रममा बुधवार दिउसो एक बजे मृत्यु भएको हो । उनमा निमोनियाको पनि सङ्क्रमण रहेको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या एक सय २७ पुगेको छ ।





