बागलुङ, ४ मंसिर– बागलुङमा विहिवार थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिका–१ का ३१, २४, ३१ बर्षिय महिला, ४८ र ६४ बर्षिय पुरुष, वडा नं. २ का २३ र ५८ बर्षिय पुरुष, वडा नं. ३ का २८ बर्षिया महिला, वडा नं. ७ का ४५ बर्षिय पुरुष र वडा नं. १० का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए । उनीहरुलाई होम आईसोलेसन र केहीलाई आईसोलेसन केन्द्रहरुमा लैजाने तयारी भैरहेको छ ।





