शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखराका बिभिन्न अस्पतालमा तीन जना संक्रमितको मृत्यु

पोखराका बिभिन्न अस्पतालमा तीन जना संक्रमितको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०७७, बिहिबार
फाईल तस्विर

पोखरा, ४ मंसिर– पोखरामा रहेका विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकरएकजना कोरोना संक्रमितको मृत्यु भएको हो । गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान ३ः४५ बजे मृत्यु भएको डा.शर्माले बताए । उनमा २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया, मधुमेह तथा हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि ग्रसित थिइन् ।
डा. शर्माका अनुसार फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको बिहीबार बिहान ७ः३० बजे मृत्यु भएको हो । उनीमा २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासकासाथै निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि उनी ग्रसित थिइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लमजुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बुधबार राति ६ः४५ बजे मृत्यु भएको डा. शर्माले बताए । निमोनिया र एक्युट हेपाटाइटिस लगायतका समस्याबाट ग्रसित उनीमा २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->