शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२१ सय तीन थपिए, २८ सय ५८ निको भए

२१ सय तीन थपिए, २८ सय ५८ निको भए


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०७७, बिहिबार

काठमाण्डौ, ४ मंसिर– पछिल्लो पटक आज बिहीबार देशभर थप २१ सय तीन जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ । त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या २८ हजार १०६ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २८ सय ५८ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ८५ हजार ६३८ छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय ७६ पुगेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ९ हजार ८०५ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १६ लाख ३३ हजार ५ सय ५९ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->