शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोना संक्रमितको मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोना संक्रमितको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०७७, शुक्रबार
फाईल तस्विर

बागलुङ, ५ मंसिर– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप ४ पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका ९ का ६८ वर्षीय, २१ का ७५ वर्षीय,१७ का २९ वर्षीय र १३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
६८ वर्षीय पुरुषलाई निमोनिया र मधुमेह भएको थियो। उनी प्रतिष्ठानमा हिजो भर्ना भएका थिए । उनको सोही राति ११ बजे मृत्यु भएको हो । ७५ वर्षीय पुरुषलाई निमोनिया भएको थियो । उनी पनि हिजो नै भर्ना भएका थिए र राति सवा ११ बजे मृत्यु भएको हो ।
२९ वर्षीय पुरुषको आज मध्यान्ह साढे १२ बजे मृत्यु भएको हो । उनलाई निमोनिया भएको थियो। त्यसैगरी अर्का ५५ वर्षीय पुरुषको आज बिहान सवा ४ बजे मृत्यु भएको हो । उनी किड्नी र मधुमेह जस्ता दीर्घ रोगी थिए । यो सँगै कास्कीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->