पोखरा, ६ मंसिर– कोरोनाका कारण गण्डकीमा एकैदिन ८ जनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जनाए अनुसार पोखरा–२७ का ७१ वर्षीय वृद्धको विहीबार राति गण्डकी मेडिकल कलेजमा,पोखरा–८का ५४ वर्षीय पुरुषको शुक्रबार बिहान गण्डकी मेडिकल कलेजमा,तनहुँको म्याग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेमै,पोखरा महागनरपालिका वडा नम्बर ९ का ६८ वर्षीय तथा पोखरा–२१ का ७५ वर्षीय, पोखरा–१७ का २९ वर्र्षीय र पोखरा–१३ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । मृत्यु हु्नेमा तनहुँको भिमाद नगरपालिका–५ का ६६ वर्षीय पुरुष पनि रहेका छन् । कात्तिक २८ गते संक्रमण पुष्टि भएका उनको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
एकैदिन ६ जनाको मृत्यु भएसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या १३९ पुगेको छ । यता,पछिल्लो २४ घण्टामा गण्डकीमा १३९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पोखरामा १ सयजना त पोखराकै रहेका छन् । पोखरामा पछिल्लो २४ घण्टामा ४५७ जनाको पीसीआर परीक्षण गरिएको थियो । नवलपरासीका ६० जनाको पीसीआर परीक्षण गरिँदा ६ जनामा,स्याङ्जामा ४३ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको छ । लमजुङका ८, तनहुँका १३,गोरखा र पर्वतका ४÷४ जनामा पनि संक्रमण पुष्टि भएको छ । लमजुङमा पछिल्लो समय ५३, तनहुँका २०,गोखराका ३० र पर्वतका ७ जनाको पीसीआर परीक्षण गरिएको थियो । गण्डकीमा ४ हजार ६१४ जना कोरोनासँग लडिरहेका छन् । तीमध्ये ३ हजार ४०८ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १३६ जनाले कोरोनालाई जितेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी पोखरामै छन् । पोखरामा २ हजार ९९४ जनामा संक्रमण रहेको छ ।





