बागलुङ, ६ मंसिर– बागलुङमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना स्वास्थ्यकर्मी, एक जना बैंकका कर्मचारी र एक जना मानव सेवा आश्रमका व्यक्ति सहित थप चार जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा शनिबार बागलुङ नगरपालिका–२ का २६ र २० बर्षिय दुई जना पुरुष र २० बर्षिया एक जना महिला र वडा नम्बर ३ का ६४ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फेकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । संक्रमितहरु मध्य एक जना महिला धौलागिरी अस्पतालकी नर्स र एक जना पुरुष बागलुङ बजारमा रहेको बैंकको कर्मचारी हुन भने एक जना पुरुष मानव सेवा आश्रम बागलुङका हुन् । यो सँगै बागलुङमा कोरोना संक्रमितको संख्या ८ सय २ पुगेको छ । ६ सय ६६ जना निको भएका छन्भने ८ जनाको मृत्यु भएको छ । बागलुङमा १ सय २७ जना सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्य १ सय २ जना होम आइसोलेसन र २५ जना अस्पताल र स्थानिय तहको आइसोलेसनमा रहेको घिमिरेले बताए ।





