शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७७, आइतबार

काठमाण्डौ, ७ मंसिर–देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको बताए । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् ।
२४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->