बागलुङ, ८ मंसिर– कोरोना भाईरससँग मिल्दा जुल्दा लक्षण देखिएपछि धौलागिरी अस्पतालको प्रि–आईसोलेसनमा बसेका दुई महिलामा संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरीएको परीणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । रुघा, खोकी र ज्वरो समेत देखिएपछि केही दिन अघि अस्पताल भर्ना भएकी बागलुङ नगरपालिका–३ की ४३ बर्षिया महिला र वडा नं. ६ की २५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए ।
सोमबार थपिएका २ जना सँगै बागलुङमा ८ सय १७ जना संक्रमित पुगेका छन् ।





