मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

अवैध सालको काठ बरामद

अवैध सालको काठ बरामद


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७७, मंगलबार

फाइल तस्बिर
स्याङ्जा, ९ मंसिर– प्रहरीले जंगलमा लुकाएर राखेको अवैध सालको काठ बरामद गरेको छ । कालीगण्डकी गाउँपालिकाको झ¥याङ्दी वनमा ५५ थान सालको गोलिया भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
झ¥याङ्दी वनमा सालको काठ बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्घाबाट गएको प्रहरीको टोलीले करिव एक लाख २२ हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेर आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय गल्याङमा बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->