बागलुङ, १० मंसिर– बागलुङको गलकोटका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचारकेन्द्र पोखरामा गरिएको परीक्षणमा गलकोटका शिक्षक, स्वास्थ्य स्वयंसेविका लगायतमा संक्रमण पुष्टि भएको हो । गलकोट नगरपालिका–२ का ४२ वर्षीय पुरुष, वडा नं. ३ का ५१ वर्षीय पुरुष र वडा नं.४ का ४० वर्षीय पुरुष, ४० वर्षीया दुई महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये एक जना शिक्षक र एक जना स्वास्थ्य स्वयंसेविका रहेको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । संक्रमितहरुलाई होम आइसोलेसन र पालिकाको आइसोलेसन कक्षमा राखिने छ ।





