बागलुङ, ११ मंसिर– बागलुङमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालमा कार्यरत २१ बर्षिया नर्स, सोही अस्पतालमा उपचाररत जिल्लाको जैमिनी नगरपालिकाका ४० बर्षिय पुरुष र बागलुङ नगरपालिका–२ र ३ का ४० बर्षकै एक/एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए । जैमिनीका पुरुषको अन्य समस्याको उपचारका क्रममा धौलागिरी अस्पतालले कोरोना जाँच गराएको थियो भने अरु दुईजना पुरुष कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।





