स्याङ्जा, ११ मंसिर, मनमात्रै हुनुपर्छ सहयोग गर्नको लागि दूरीले छेक्दैन भन्ने कुरालाई सारदा गुरुङ र भीमबहादुर गुरुङले प्रमाणित गरिदिएका छन् । पुतलीबजार नगरपालिका–२ चिरुवा घर भएका सारदा स्याङ्जा समाज युकेका अध्यक्ष हुन् भने क्याप्टेन भीमबहादुर चिरुवा सामाजिक विकास प्रतिष्ठानका संरक्षक ।
क्याप्टेन भीम बहादुरले आफ्नो नाती जन्मेको खुसियालीमा गाउँबासीलाई रु एक लाख ५० हजारप्रदान गरेका छन् भने स्याङ्जा समाज युकेका अध्यक्ष शारदा गुरुङले २ लाख बराबरको साउण्ड सिस्टम उपलब्ध गराएका हुन् । चिरुवा सामाजिक प्रतिष्ठानका संरक्षकसमेत रहेका सारदा गुरुङले गाउँमा आमा समुह एवं युवा क्लवले आयोजना गर्र्ने विभिन्न कार्यक्रमहरुमा साउन सिस्टमको अभावमा समस्या हुने र बाहिरबाट भाडामा ल्याउँदा धेरै महङ्गो भाडा तिर्नु परेकोले गाउँको समस्यालाई मध्यनजर गरेर २ लाख ५० हजार बराबरको साउण्ड सिस्टमउपलब्ध गराएको बताए ।
यसै गरी अर्का सहयोग दाता क्याप्टेन भीमबहादुर गुरुङको परिवारले कोरोना संक्रमणका कारण परेको समस्यामा थोरै भएपनि सहयोग पुगोस भनेर नाती जन्मिएको अवसर पारेर गाउँबासीलाई सहयोग गरेको बताए । स्थानीय आमा समूह एवं युवा क्लबले सो रकमबाट चिरुवाका ८० घर परिवारलाई प्रति घर परिवार एक एक बोरा चामल वितरण गरेर बचत भएको रकमबाट चिरुवा समाज घरको लागि आवश्यक पर्ने सामाग्री खरिद गर्ने स्थानीयले बताए ।




