काठमाण्डौ, १३ मंसिर– पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, देशभर ५ सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल देशभरमा १८ हजार ८३ जना सक्रिय संक्रमितहरू छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १९ संक्रममितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरूको कुल संख्या १४ सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा ९ हजार ३६८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख १९ हजार ८२८ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।





